काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बारको आन्दोलन न्यायालयमा देखिएका विकृति हटाउन भएको बताएका छन् ।
न्यायालय सुद्धीकरणको माग गर्दै आएको बारका अध्यक्ष श्रेष्ठले सो बताएका हुन् ।
‘हामीले बिसङ्गति हटाउन चाहेका छौँ । निष्पक्ष न्याय चाहेका छौँ,’ अध्यक्ष श्रेष्ठले भने, ‘भ्रष्ट प्रधानन्याययाधीशले राजीनामा नदिएसम्म हामी रोकिदैनौँ । हरिकृष्ण कार्किको प्रतिवेदन नचाहने बिचौलिया हुन् । राजीनामा मात्रै होइन विकृति नहट्दासम्म आन्दोलन जारी रहन्छ । आन्दोलनको मोडेल फरक हुन्छ । राजीनामा अपरिहार्य छ ।’
केही हप्तायता न्यायालय सुद्धीकरणको माग गर्दै कानुन व्यवसायी आन्दोलन जारी छ ।