काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानून व्यवसायीले नाराबाजी गरेका छन् ।
केही हप्तायता जारी आन्दोलनका क्रममा बुधबार पनि उनीहरुले आन्दोलन गरेका हुन् । ‘चोलेन्द्र शम्सेर राजीनामा दे’, ‘बार एकता जिन्दावाद’ लगायत नारा उनले लगाएका छन् ।
सो क्रममा उनले प्रधानन्यायाधीशको पद खाली भइसकेको बताएका छन् । त्यसैगरी उनले घूस खाएको छ वा छैन भनी जबरालाई सोध्नसमेत आग्रह गरेका छन् ।