विश्वासको मत लिएर मात्रै ठूला काम गर्छौ : मुख्यमन्त्री राई

काठमाडाैँ । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासकाे मत लिएर मात्रै ठूला काम गर्ने बताएका छन् । मुख्यमन्त्री राईले संसदमा उठेका प्रश्नका जवाफ दिने क्रममा यस्तो बताएका हुन् । जवाफ दिँदै उनले भने बहुमतको प्रस्तावमा नियुक्त भएको र सपथ ग्रहण गरेको मुख्यमन्त्रीलाई धेरै भन्नु पर्ने त छैन । र, पनि मलाई सबै माननीय ज्यूहरुले विश्वासकाे मत दिनु हुनेछ भन्ने विश्वास राखेकाे छु ।

प्रतिपक्षका नेता हिक्मत कुमार कार्कीले प्रयोग गरेको भाषाले उहाँहरुलाई वास्तवमा प्रतिपक्षमा बस्न सुहाउने देखिएको छ, उनले भने । जम्मा जम्मी सात वटा सरकार चलाएको एमाले प्रतिपक्षमा झरेको अवस्थामा आफ्नै पार्टीको चिन्ता गर्न राईले सुझाएका छन् ।

जहिले मुख्यमन्त्रीले चाहन्छ, त्यहिले विश्वासको मत लिने संवैधानिक व्यवस्था भएकोले हतार नभएको उनले बताए । समय छोटो छ, विश्वासको मत नलिइ ठूला काम गर्ने मनसाय नभएकाले पनि चाडै विश्वासका मत लिन खोजिएको हो । निर्धारित समयमा सूचना पनि दिएकाले हतारो भएको प्रश्न सान्दर्भिक नभएको राईको तर्क छ ।

होटल खर्चका कारण हतार भएको भन्ने प्रतिपक्षको कटाक्षमा राईले अनुभवीलाई नै धेरै कुरा थाहा भएको भनी उत्तर दिएका छन् ।

प्रदेश सभामा अहिले विश्वासकाे प्रस्तावमाथि मतदान भइरहेकाे छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.