म सभापतिमा उठ्छु : कोइराला

काठमाडौं । नेपाली कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले १४औँ महाधिवेशनमा आफूले सभापतिमा उम्मेदवारी दिने बताएका छन् ।

बुधबार संखुवासभा पुगेका उनले सो बताएका हुन् । संखुवासभा तुम्लिङटार विमानस्थलमा बुधबार पत्रकारसँग संक्षित कुराकानीका क्रममा उनले भने, ‘ म सभापति पदमा उठ्छु ।’

अहिलेको पाँचदलीय गठबन्धन चुनावअघिसम्म मात्रै रहने कोइरालाले बताए । आगामी चुनावमा कुनै पार्टीसँग कांग्रेसको तालमेल नहुने उनको भनाइ थियो ।

आगामी चुनावमा अन्य पार्टीसँग गठबन्धन गर्ने विषयमा कांग्रेसले सहमति नगरेको उनले बताए । कांग्रेसले सत्ता गठबन्धनका लागि मात्रै सहकार्य गरेको कोइरालाको दाबी छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.