गोला प्रक्रियाबाट पेशी व्यवस्थापनसम्बन्धी कार्यविधि मस्यौदा तयार

काठमाडौं । सर्वोच्च अदालतले गोला प्रक्रियाबाट पेशी व्यवस्थापनसम्बन्धी कार्यविधिको मस्यौदा तयार पारेको छ । सर्वोच्चद्वारा तयार पारेको सो कार्यविधिसम्बन्धी अदालतको पूर्ण बैठकले तयार पारेको अदालत नियमावलीको संशोधित व्यवस्था राजपत्रमा प्रकाशन भएपछि कार्यान्वन हुने छ ।

सर्वोच्च अदालतमा ७० वर्ष अघिदेखि पेशी व्यवस्थापनको अधिकार प्रधानन्यायाधीशमा रहँदै आएको छ । विगत केही वर्षदेखि स्वचालित पेशी व्यवस्थापनमा जानुपर्ने भन्दै सर्वोच्चमा मुद्दा उठ्दै आएको छ । 

सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीको संयोजकत्वमा ०७७ साउन २७ गते स्वचालित पेशी व्यवस्थापन सम्बन्धी सम्भाव्यता अध्ययन गर्न एक समिति गठन भएको थियो । समितिले ०७७ फागुन २७ गते अध्ययन सम्पन्न गरेर प्रधानन्यायाधीशलाई प्रतिवेदन बुझाएको थियो ।

तीन न्यायाधीशसहित ८ सदस्यीय कार्की नेतृत्वको समितिले स्वचालित पेशी व्यवस्थापनसम्बन्धी २ वर्षे कार्ययोजना प्रस्तुत गरेको थियो, जसमा जिल्ला अदालतबाट सुरु गरेर उच्च अदालत हुँदै ०७९ माघ १ गतेदेखि सर्वोच्च अदालतका सबै मुद्दामा स्वचालित पेशी व्यवस्थापनसम्बन्धी सफ्टवेयर लागू गरिसक्ने समयतालिका तोकिएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.