काठमाडौँ । नेपाल बार एसोसिएनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ सामान्य घाइते भएका छन् ।
बारले नियमित रुपमा प्रधानन्यायाधीशविरुद्ध आन्दोलन गरिरहेको छ । आज बारका वकिलहरु मूल भवनतर्फ अघि बढेपछि प्रहरीले वकिलहरुलाई रोकेको हाे ।
यो क्रममा बारका वकिल र प्रहरीबीच घम्साघम्सी परेकाे छ । याे घम्साघम्सीमा बारका अन्य वकिलसहित श्रेष्ठ सामान्य घाइते भएका छन् ।
आजदेखि सर्वोच्च परिसरमा स्पेशल टास्क फोर्स सुरक्षाका लागि खटिएका छन् । भने, सर्वोच्चमा फूलकाेर्ट बस्ने तयारी पनि चलिरहेकाे छ । फूलकोर्टले गोलाप्रथाबाट पेशी तोक्ने निर्णय गर्ने बुझिएकाे छ ।
सर्वोच्च अदालत परिसरमा बारले दिएको धर्नामा प्रहरीको बल प्रयोगबाट बार अध्यक्ष चण्डेश्वर श्रेष्ठ, कपिल पोखरेल, रमण कर्ण, युवराज भण्डारी, गोपाल सापकोटा, ऋषिराम घिमिरे, प्रकाश महर्जन घाइतेसहितका कानुन व्यवसायी घाइते भएका छन् ।
कार्यपालिकासँग मिलेर राजनीतिक भागबण्डा खोजेकोलगायतका आरोप लगाउँदै जबराको राजीनामा माग्दै बार केही सातादेखि आन्दोलनमा छ भने सर्वोच्चकै न्यायाधीशले इजलास बहिस्कार गर्दै आएका छन् ।
प्रधानन्यायाधीश जबराले संवादबाट समाधान खोज्न गरेको आग्रहलाई न्यायाधीश र बारले अस्वीकार गर्दै आएका छन् ।