धनगढी । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतमा भएका समस्या निराकरण गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले विशेष र उपयुक्त उपाय खोज्नु गर्न पर्ने बताएका छन् ।
उनले यस्तो प्रतिक्रिया दिँदै भने अदालतमा देखिएको समस्या छिट्टै समाधान हुनुपर्नेमा पाँच दलीय गठबन्धन एकमत छ ।
हाम्रो पाँच दलको बैठक बसेकाे छ । बैठकले सर्वोच्च अदालतमा देखिएको समस्या समाधान हुनु पर्नेमा जोड दिएकाे छ ।
बैठकमा सबै पक्षको ध्यानाकर्षण गराउने निर्णय पनि भएकाे छ ।
नेपाल कञ्चनपुरमा समाजवादीकाे पार्टी कार्यालय उद्घाटनका लागि पुगेका हुन् ।
उनी बिहीबार धनगढीमा आयोजना हुने प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा पनि सहभागी हुनेछन् ।