सुरु भयो सर्वोच्चको फूलकाेर्ट

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बाेलाएकाे पूर्ण बैठक अर्थात फूलकोर्ट सुरु भएको छ ।

फूलकाेर्ट सुरु भएपनि सर्वोच्च बारले बैठकप्रति शंका गरेको छ ।

गाेलाप्रथाको नाममा प्रधानन्यायधीशलाई उन्मुक्ति दिन नहुने सर्वोच्च बारको भनाइ रहेकाे छ ।

आजको फूलकोर्टमा नियमावली संशोधनको प्रस्ताव पेश हुने देखिएको हो । 

बैठकमा १८ जना न्यायाधीश सहभागी रहेका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.