म सभापति उठ्छु : श्रेष्ठ

काठमाडाैँ ।  नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिँहले आगामी १४ औँ महाधिवेशनमा आफू सभापतिकाे पदमा उठ्ने बताएका छन् । उनले आफ्नो पकड काठमाडौँ बाहिर राम्रो रहेकाे बताएका छन् । आगामी महाधिवेशनमा आफू सभापतिकाे बलियो  उम्मेदवार भएको समेत उनकाे भनाइ छ ।

श्रेष्ठलाई काङ्ग्रेस महामन्त्री शश‌ांक कोइरालाले काठमाडौँ बाहिर धेरैले नचिन्ने भनि टिप्पणी गरेका थिए ।

सम्पादकहरुसँग कुराकानी गर्दै उनले रामचन्द्र पौडेललाई ‘दाइ तपाईं अभिभावक भएर बस्नुस्। तपाईंको गाइडेन्समा हिँड्छौँ। मैले सभापतिमा उम्मेदवारी घोषणा गरिसकेँ। अब पछि हट्दिनँ।’ भनेकाे सुनाएका हुन् । पार्टीलाई संस्थागत रुपमा चलाउन आफ्नो उम्मेदवारी रहने उनकाे धारणा रहेकाे छ । 

उनले वर्तमान प्रधानन्यायाधीशविरुद्ध उठेका सवालबारे छलफल गर्न स‌ंसद बोलाउनु पर्ने माग गरेका छन् । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.