नेपाल आइपुगिन् अमेरिकी उप–सहायक विदेश मन्त्री केल्ली

काठमाडौँ । अमेरिकी उप–सहायक विदेश मन्त्री केल्ली किडरलिङ काठमाडौ आइपुगेकी छिन्। उनी दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी उप–सहायक विदेश मन्त्री हुन् 

हिजो मात्र दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु नेपाल आएका थिए। उनले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । उनले खोप केन्द्रको पनि अनुगमन गरेका छन् भने त्रिवि शिक्षण अस्पतालको पनि निरीक्षण गरेका छन् ।

नेपलामा पछिल्लो समय उच्च अमेरिकी अधिकारीहरुकाे भ्रमण भइरहेकाे छ । यस अघि फातिमा सुमारको पनि भ्रमण भएको थियो । अहिलो नेपालकाे संसदमा एमसीसी रोकिएर रहेकाे छ । 

नेपाल-अमेरिका सम्बन्धको ७५ वर्ष पुग्नु अगाडि भएका यी भ्रमणले सम्बन्धलाई थप मजबुद बनाउने अपेक्षा गरिएको छ । 

केल्लीले प्रधानमन्त्री देउवासँग भेटवार्ता गर्ने कार्यक्रम छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.