बारका वकिललाई गालीगलौज गर्ने दुई जना पक्राउ

काठमाडाैँ । नेपाल बार एसाेसिएनकाे परिसरभित्र छिरेर वकिलहरुलाई गाली गलौज गर्ने युवा पक्राउ परेका छन् । पक्राउ परेका युवाले बिहीबार बारमा पसेर गालीगलौज गरेका थिए । 

नेपाल प्रहरीले वकिलहरूलाई धम्की दिने तीर्थ ढकाल र सीताराम श्रेष्ठलाई हिजाे बेलुका काठमाडौँको बौद्धबाट पक्राउ गरेको जानकारी दिएकाे छ ।

उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेकाे एसपी रमेश बस्नेतले जानकारी दिए ।

पक्राउ परेका ढकाल काठमाडौं महानगरपालिका बौद्ध घर भएका र श्रेष्ठ कागेश्वरी मनहरा नगरपालिका–६ मूलपानी घर भएका व्यक्ति रहेकाे प्रहरीले जानकारी दिएकाे छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.