सर्वोच्च परिसरमा सुरक्षाकर्मीको बाक्लो परिचालन

काठमाडौँ । कातिक १४ गतेदेखि प्रधानन्यायाधीशकाे राजीनामा मागेर सुरु भएकाे बारको आन्दोलनमा आज सुरक्षाकर्मीकाे बाक्लो परिचालन भएको छ । 

सर्वोच्च परिसरमा बिहीबार पनि एसएलआरसहितका प्रहरी खटाइएका थिए । आज पनि सुरक्षा व्यवस्थालाई ध्यान दिएर सर्वोच्च परिसरमा प्रहरीको संख्या बढाइएको देखिन्छ । 

बारको हिजोकाे आन्दोलनमा अध्यक्ष श्रेष्ठसहितका वकिल सामान्य घाइते भएका थिए ।

बारको पछिल्लो आन्दोलनमा मानव अधिकार आयोगले पनि हिजो अनुगमन गरेकाे थियो । केही दिन अघि आयोगका अध्यक्षले प्रधानन्यायाधीशको पक्षमा विज्ञप्ति निकालेको भनेर सामाजिक सञ्जालमा विरोध भएको थियाे ।  

© 2021 Quicknepal.com  |  All Rights Reserved.