काठमाडौँ । प्रहरीले धर्नास्थलमा कानून व्यवसयीहरूलाई जान रोकेपछि प्रहरी र वकिलहरुबीच घम्साघम्सी भएको छ ।
वकिलहरु नियमित रुपमा प्रदर्शन गर्दै आएका ठाउँ जान खोज्दा प्रहरीले रोकेपछि घम्साघम्सी भएकाे हो । प्रदर्शन स्थललाई अहिले प्रहरीले नियन्त्रणमा लिएको छ । वकिलहरु भने त्यहाँसम्म जान खोजिरहेका छन् ।
वकिलहरुले प्रदर्शनकाे अग्रपङ्तिमा बरिष्ठ वकिलहरुलाई राखेका छन् । र, पनि उनीहरु नियमित प्रदर्शन स्थलसम्म पुग्न सकेका छैनन् ।
कातिक १४ गतेदेखि प्रधानन्यायाधीशकाे राजीनामा मागेर बारको आन्दोलन सुरु भएकाे थियो ।
प्रहरीले बल प्रयोग गर्दा लक्ष्मी पोखरेललगायत केही कानून व्यवसायी घाइते भएको नेपाल बारले जनाएको छ ।
बारका वकिलहरुले ‘अदालत परिसर हाम्रो हो, दंगा प्रहरी फिर्ता जाउ, कानुन व्यवसायीको एकता जिन्दावाद, हाम्रो आन्दोलन जारी छ । स्वतन्त्र न्यायपालिका कायम गर, नेपाल बार एसोसिएसन जिन्दावाद’, लगायतका नारा लगाउँदै प्रदर्शन गरेका छन् ।