इजलास बस्ने तयारीमा सबै न्यायाधीश

काठमाडाैँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले निवेदन, तामेली र बन्दी प्रत्यक्षीकरणका मुद्दा मात्रै पेसीमा राखेपछि सबै न्यायाधीशहरु इजलासमा बस्ने तयारीमा छन् । 

आजकाे लागि न्यायाधीशद्वय दीपककुमार कार्की र प्रकाश मान सिंह राउत, मीरा खड्क र सुष्मालता माथेमा, हरिकृष्ण कार्की र हरिप्रसाद फुयाल, विश्वम्भरप्रसाद श्रेष्ठ र टंकबहादुर मोक्तान, आनन्दमोहन भट्टराई र कुमार रेग्मी, अनिलकुमार सिन्हा र सपना प्रधान मल्ल तथा तेज बहादुर केसी र प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलास गठन भएको छ । नहकुल सुवेदी न्यायाधीशका लागि एकल इजलास तोकिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले १० इजलास गठन गरी २२२ मुद्दाको पेसी चढाएका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.