मुख्यमन्त्री शाहीले १४ मंसिरमा विश्वासको मत लिने

काठमाडाैँ । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मंसिर १४ गते विश्वासको मत लिने भएका छन् । 

विश्वासको मत लिने प्रयोजनका लागि मंसिर १४ गते १ बजे प्रदेश प्रमुख तिलक परियारले बैठक बोलाएका छन् । 

प्रदेश सभा सचिवालयद्वारा जारी गरिएको विज्ञप्तिमा ‘नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम माननीय मुख्यमन्त्रीज्यूले विश्वासको मत लिने प्रयोजनका लागी संविद्यानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभाको आह्वान गरिन्छ ।’ भनिएकाे छ । 

कर्णाली प्रदेशसभामा माओवादी केन्द्रका १२, कांग्रेसका ६ र एकीकृत समाजवादीका तीन सांसद छन् ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.