काठमाडाैँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलो सुनसहित २ जना पक्राउ परेका छन् ।
प्रहरीले कट्टुमा लुकाएर ल्याएको सुनसहित दुईजनालाई पक्राउ गरेको हाे ।
उनीहरुलाई विमानस्थलको पार्किङबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले बताएकाे छ ।
विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी राजेशनाथ बास्तोलाका अनुसार तरल बनाएर सुन ल्याएको देखिन्छ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा दाङ घर भएका सीताराम चौधरी र सिरहा घर भएका सरोज सहनी छन् ।