काठमाडौँ । राष्ट्रिय सभा निर्वाचन १२ माघमा हुने भएकाे छ । राष्ट्रिय सभामा २० सदस्यको पदावधि फागुन २० मा समाप्त हुने भएपछि निर्वाचन १२ माघमा हुने भएकाे हाे ।
राष्ट्रिय सभाका सदस्यको पदावधि सकिनुभन्दा ३५ दिनअगाडि नै उक्त पदका लागि निर्वाचन गर्ने व्यवस्था छ।
२० सदस्यमध्ये १ जना राष्ट्रपतिबाट मनोनित व्यवस्था छ । १९ सदस्यका लागि माघ १२ मा चुनाव गर्ने सरकारले निर्णय गरेको हो। निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि मिति तय गर्न सरकारसँग आग्रह गरेको थियो।