माओवादीले भोलि देशभर वडा सम्मेलन गर्ने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको वडा सम्मेलन भोलि देशभर एकै पटक हुँदैछ । माओवादीकाे वडा सम्मेलन देशभर एकैपटक हुनेछ । 

माओवादी केन्द्र निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठका अनुसार भोलिका लागि सबै तयारी पुरा भएकाे छ । 

माओवादीले  निर्वाचनका लागि  देशभरका ६ हजार ७ सय ४३ वडा, ७ सय ५३ पालिका र ७ वटै प्रदेशमा निर्वाचन समितिहरु गठन गरेकाे छ । आयोगले प्रदेशमा ७ सदस्यीय, पालिकामा ५ सदस्यीय र वडा तहमा ३ सदस्यीय निर्वाचन समिति गठन गरेकाे हाे । 

माओवादी केन्द्रको पालिका अधिवेशन ११ मंसिरमा हुँदैछ । भने, २५ मंसिरमा प्रदेशकाे अधिवेशन गर्ने कार्यतालिका छ । 

पुसमा राष्ट्रिय सम्मेलनकाे तयारीमा रहेकाे माओवादीकाे ८ लाख संगठित सदस्य रहेकाे केन्द्रीय कार्यालयले जनाएकाे छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.