वकिलहरुले पोखे दलप्रति आक्रोश

काठमाडौँ । प्रधानन्याधीशविरुद्ध आन्दोलित बारका वकिलहरुले राजनीतिक दलप्रति आक्रोश पोखेका छन् । आन्दोलनमा प्रहरीकाे हस्तक्षेप बढ्दै गएपछि उनीहरुले आक्रोश पाेखेका हुन् । 

सर्वोच्च परिसरमा शुक्रबार भएको प्रदर्शनमा पनि प्रहरी र वकिलबीच घम्साघम्सी भएपछि वकिलहरूले शेरबहादुर देउवा नेतृत्वको पाँच दलीय गठबन्धन सरकारसँग आक्रोश पोखेका हुन्। 

वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले भने यो देशका नेता, मन्त्री र प्रहरीले हाम्रो आन्दोलन दबाउन लागेका छन्। यिनीहरु दलाल प्रधानन्यायाधीशका लागि मौन बसिरहेका छन् । 'यिनीहरु हाम्रो पक्षमा छैनन्। अहिले अन्यायमा परेकाले प्रधानन्यायाधीशलाई भेट्न पाउँदैनन्। तर दलाल र विचौलियाले सजिलै भेट्न सक्छन्।'

वरिष्ठ अधिवक्ता तुलसी भट्टले 'यी प्रधानन्यायाधीश आफ्नो विवेकबाट चल्दैनन्। विचौलिया र माफियाबाट चलेका छन् ।' भनी आरोप लगाएका छन् । भट्टले भने 'गोलाप्रथामा प्रधानन्यायाधीश सम्मिलित भए पनि हामी आन्दोलन छाड्दैनौँ। प्रधानन्यायाधीशको राजीनामा एक सुत्रीय माग हो।'

© 2021 Quicknepal.com  |  All Rights Reserved.