काठमाडौँ । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) बारे निर्णय गर्न डिसेम्बर १४ सम्मको समयसीमा दिएका छन् ।
उनले यस्तो समयसीमा आज माओवादी अध्यक्ष पुष्पकमल दाहालसँगकाे भेटमा दिएका हुन् ।
जवाफमा प्रचण्डले लूलाई अमेरिकी सहयोग लिन्छौं तर एमसीसीको बारेमा तयार पारिएको सुरुवाती दस्तावेजपछि संशोधन गरिएको रहेछ । प्रचण्डको भनाइ उद्धृत गर्दै मल्लले भने, ‘संसदबाट पारित गर्नुपर्ने लगायतका विषय राखिएका रहेछन् । त्यसैले नेपालमा विवादको विषय बनेको छ र यसमा हाम्रा पनि केही प्रश्नहरु छन् ।’
एमसीसीबारे तपाईंहरुले छिटो निर्णय गर्नु भएन भने हामी फिर्ता लैजान्छौं लूले प्रचण्डलाई भनेका थिए । अरु देशले मागेका छन्, तपाईंहरुलाई धेरै कुर्न सक्दैनौँ, डिसेम्बर १४ सम्म यसबारे निर्णय होस् ।
प्रचण्डले लुलाई हामी सबै देशसँग सहयोग लिन्छौँ, हामीलाई जसले गरेको सहयोग पनि स्वीकार छ तर, सर्त राखिएपछि समस्या हुन्छ त्यसले राष्ट्रिय सहमति नजुटाइ अघि बढ्नु राम्रो होइन भनी जवाफ दिएकाे स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।
लु सहितको टोली बुधबार तीन दिने नेपाल भ्रमणको लागि नेपाल भ्रमणमा आएको हो। टोलीले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेको थियो। शुक्रबार दिउँसो लूले एमाले अध्यक्ष ओलीलाई एमाले संसदीय दलकाे कार्यालयमा भेटेका थिए ।
भेटवार्तामा नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरी पनि सहभागी थिए ।