काठमाडौं। नेपाल संवत् ११४२ नव वर्षको अवसरमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आज शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्ने भएकाे छ । चियापान कार्यक्रमलाई एमाले काठमाडौँ महानगरले आयोजना गरेकाे हो । यो कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गर्नेछन् ।
नेकपा एमाले काठमाडौँ महानगर कमिटीका अध्यक्ष निर्मल देउलाका अनुसार शनिबार दिउँसो वसन्तपुर दरबार स्क्वायरमा कार्यक्रम हुनेछ। यो कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम हुनेछ, भने रक्तदान कार्यक्रम पनि हुनेछ ।
नेपाल संवत्को अवसरमा एमालेको काठमाडौं जिल्ला कमिटीको नेतृत्वमा २०३५ सालदेखि कार्यक्रम हुँदै आएको छ। यसैको निरन्तरता स्वरुप आज कार्यक्रम हुन लागेको हो ।