कांग्रेसमा आधा दर्जन नेताको सभापतिमा दावी

काठमाडाैँ । काङ्ग्रेसमा अहिले नेताहरुले सभापतिको तयारीसहित दावी गरिरहेका छन् ।नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंह र डा. शेखर कोइरालाबीच पवार सेयरिङबारे कुराकानी भएकाे छ । यो कुराकानीकाे उद्देश्य आगामी महाधिवेशन केन्द्रित भएर भएकाे बुझिएको छ । यी दुबै नेताहरु अहिले सभापतिका दावेदार हुन् ।

यी नेताहरुबीच आसन्न निर्वाचन केन्द्रित भएर कुराकानी भएकाे बताइएकाे छ । कुराकारीमा नेताहरुबीच महाधिवेशनमा मिलेर जाने भएकाे बताइएकाे छ ।

चाक्सीबारीका शुक्रबार  दिउँसो भएको कुराकानीमा कोइरालले सिँहलाई पार्टीको पालो आउँदा प्रधानमन्त्री बनाउने प्रस्ताव राख्दै आफूलाई सभापतिमा सघाउन आग्रह गरेका थिए । तर कोइरालाकाे प्रस्तावबारे सिँहले खास धारणा बनाइसकेका छैनन् । उनले आफूलाई नै सघाउन सबैलाई आग्रह गरिरहेका छन् । 

सभापतिमा रामचन्द्र पौडेलकाे दावी छ । उनीकाे दावीलाई स्वाभाविक रुपमा हेरिएकाे छ । उता उपसभापति  विमलेन्द्र  निधीले पनि सभापतिमा उठ्ने दावी गरेका छन् । 

‘दुई नेताबीच सौहार्द छलफल भयो । उहाँहरु दुवै सभापतिका आकांक्षी हुनुहुन्छ । मिलेर जानेबारे कुराकानी भएको छ ।’ सिंहनिकट एक नेताले भने, ‘दुवैले सभापतिमै दावी गर्नुभयो । तर कुरा मिलिसकेको छैन ।’

कांग्रेस केन्द्रीय महाधिवेशन मंसिर २४–२६ सम्म कांग्रेस केन्द्रीय महाधिवेशन काठमाडौंमा हुँदैछ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.