काङ्ग्रेस अधिवेशन : निर्वाचन अधिकृत अपहरणदेखि उम्मेदवार कुटपिटसम्म

काठमाडाैँ । मतगणना स्थलमा विवाद चर्किएपछि क्षेत्रीय सचिव पदका उम्मेदवार कुटिएका छन् । कुटिनेमा रुपन्देहीको क्षेत्र नं ३ (क) का शैलेश पन्त हुन् । यो घटनामा कम्तिमा ५ जना घाइते भएका छन् । गम्भीर घाइते भएका शैलेश पन्तको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

पन्त क्षेत्रीय सचिवका उम्मेदवार थिए । पन्तको नाकमा गहिरो चोटसहित नाकको डाँडी भाँचिएको हाे

रामचन्द्र पौडेल पक्षधर कार्यकर्ताले कुटपिट गरेकाे शेरबहादुर देउवा पक्षधर कार्यकर्ताले आरोप लगाएका छन् । घटनापछि मतगणना स्थगित भएकाे छ ।

अध्यक्ष पदका उम्मेदवार पुरण श्रेष्ठका अनुसार क्षेत्र नं ३ (क) को मतगणना स्थल सिद्धार्थनगर नगरपालिका भैरहवामा मध्यराति मुख छोपेर आएका तरुण दलका केही युवाहरुले आक्रमण हुन् । 

यस अघि सम्पन्न जिल्ला अधिवेशनमा पनि निर्वाचन अधिकृत अपहरण भएका विषय बाहिरिएका छन् । रसुवा जिल्ला अधिवेशनमा निर्वाचन अधिकृत अपहरणमा परेका थिए । काङ्ग्रेसकाे संस्थापन पक्षले अधिकृतलाई प्रशासन प्रयोग गरेर अपहरण गरेकाे विषय बाहिरिएको हो । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.