काठमाडाैँ । नेपाल पत्रकार महासंघले विज्ञप्ति जारी गर्दै राजनीतिक दलकाे सदस्यता रोज्ने भए महसंघको सदस्यता त्याग्न भनेकाे छ ।
महासंघका महासचिव राेशन पुरीले आज विज्ञप्ति जारी गर्दै महसंघले यस्तो भनेकाे हाे ।
पुरीले जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ- ...'महासंघका केन्द्रीय समिति, प्रदेश समिति वा शाखा समितिका पदाधिकारी तथा सदस्यले सो पदमा बहाल रहेको अवस्थामा कुनै राजनीतिक दल वा भातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गरिरहेको अवस्थामा तथा कुनै राजनीतिक दलको प्रतिनिधि वा उम्मेदवार बनेको अवस्थामा उच्च नैतिकता प्रदर्शन गर्न महासंघ आग्रह गर्दछ ।’