भीम रावलद्वारा अध्यक्ष पदमा उम्मेद्वारी घोषणा (पूर्णपाठसहित)

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले औपचारिक रुपमा अध्यक्षमा आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् । रिपोर्टस क्लवमा पत्रकार सम्मेलन गर्दै उपाध्यक्ष रावलले आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन् । पार्टीलाई सुदृद गर्दै जनसंगठनलाई ब्यापक बनाउन र आगामी निर्वाचनमा एमालेलाई बहुमत प्राप्त गराउन आफ्नो उम्मेद्वारी घोषणा गरेको नेता रावलले बताएका छन् ।

उपाध्यक्ष रावल एमालेमा १० बुँदे कार्यान्वयनसँगै फरक मतसहित अघि बढिरहेका छन् । एमालेका १० बुँदे कार्यान्वयन जस्ताको तस्तै लागू नभएको गुनासो उनले निरन्तर राखिरहेका छन् । एमालेको सुदूरपश्चिम ईन्चार्जको जिम्मेवारीबाट नेता रावललाई हटाइएपछि उनी असन्तुष्ट छन् ।

१० बुँदे कार्यान्वयनसँगै फर्केका १० नेतामा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, नेता सुरेन्द्र पाण्डे र योगेश भट्टराईले आफुलाई सहयोग नगरेपनि आफु अध्यक्ष पदमा चुनावमा जानेगरि उम्मेद्वारी दर्ता गरेको नेता रावलले बताएका छन् ।

https://www.facebook.com/quicknepal/videos/1717927705265073

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.