नैनसिँह महरले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडाैँ । नेपाल  विद्यार्थी संघका पूर्व अध्यक्ष नैनसिँह महरले नेपाली काङ्ग्रेसकाे १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी घाेषणा गरेका छन् । 

महरले आफ्नो उम्मेदवारी घोषणा गृह जिल्ला डडेल्धुराबाट गरेका हुन् । महरले १४ औँ महाधिवेशनमा आफूले उम्मेदवारी दिएको किन भनी प्रष्ट पारेका थिए । उनले १४ औँ महाधिवेशनमा उम्मेदवारी दिँदा आफ्नो १४ बुँदे घोषणापत्र पनि सार्वजनिक गरेका छन् ।

उनले घोषणा गरेकाे १४ बुँदामा  एक व्यक्ति एक पदमा दुई पटक मात्र, प्रशिक्षण र मापदण्डका आधारमा क्रियाशील सदस्यता, सरकार र पार्टी सञ्चालनका लागि थिङ ट्याङ्कको स्थापना, विपीको विचार समय सापेक्ष कार्यान्वयन, व्यवहार आचारणमा शुद्धता र आर्थिक पारदर्शिता, रुपान्तरणका लागि युवा काङ्ग्रेस, नेतृृत्वका लागि आवद्यिक कार्ययोजना महाधिवेशनमा, लोकतन्त्रको संस्थागत विकास तथा असल नेतृत्व व्यवस्थापन, योगदानमा आधारित जिम्मेवारी तथा मूल्याङ्कनमा आधारित सम्मान, निशुल्क स्वास्थ्य शिक्षा सर्वसुलभ यातायात र सञ्चार गुणस्तरीय जीवनका आधार, लगानीमैत्री वातावरण युवा उद्यमशीलता र अर्थतन्त्रमा सुधार, विविधताको सम्मान रीतिरिवाज र मौलिकताको पहिचान, कानूनी राज्य मानव अधिकार सुशासन र समावेशिता, राष्ट्रिय विदेश नीति रहेका छन् ।

उम्मेदवारी घोषणा गर्दै उनले भने 'विदेश नीतिलाई हाम्रो राष्ट्रियताको पक्षमा ध्यान दिनु पर्नेछ, हाम्रो भूगोल र पहिचानमा समस्या आइरहेको छ । त्यसैले राष्ट्रिय स्वार्थकाे रक्षा गर्ने  विदेश नीति आवश्यक छ ।'

उम्मेदवारी घोषणा गर्दा उनले सबैलाई धन्यावाद दिएका छन् । उनले भने  'तल्लो तहबाट नेपाल विद्यार्थी संघको अध्यक्ष हुँदै गर्दै तपाईहरुले दिनु भएको साथ सहयोग माया मलाई ठूलो प्रेरणाको स्रोत रहेको छ ।'

© 2021 Quicknepal.com  |  All Rights Reserved.