सचिव दोहोर्‍याउने साेचमा योगेश

काठमाडाैँ । नेकपा एमालेका सचिव तथा प्रचार विभागका प्रमुख योगेश भट्टराई १० औँ महाधिवेशनमा सचिव पदमा दाेहोरिने सोच रहेका छन् । एमालेकाे महाधिवेशन यही १० गतेदेखि १२ गतेसम्म चितवनमा हुँदैछ । 

सचिव पदमा महेश बस्नेत, गोकुल बास्कोटा, शेरबहादुर तामाङलगायतका नेता आकांक्षी देखिएकाे बेला योगेशले सचिवमा दोहोर्‍याउने सोच बनाएका हुन् । उनले भने 'अध्यक्ष, साथीहरूसँग सल्लाह हुन पाएको छैन । छलफलपछि के निष्कर्ष आउँछ । सामान्यतयाः सचिवमा नै निरन्तरता हुनसक्छ ।'

नेकपा एमालेकाे १० औँ महाधिवेशनमा १७ सदस्यीय पदाधिकारी चयन हुने व्यवस्था छ । जसमा सचिव ७ जना चयन हुनेछन् । 

भट्टराई १० बुँदे गर्दै एमालेमा रहेका नेता हुन् । उनलाई माधव कुमार निकट नेताकाे रुपमा चिनिएकाे थियो 

माधव नेपालले नयाँ पार्टी गठन गर्दा पनि एमालेमा नै रहेका उनले एमालेमा केपी ओली नै अध्यक्ष  निर्वाचित हुने बताइरहेका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.