राजेन्द्र लिङ्देनले अध्यक्षमा उम्मेदवारी दिने

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी रापप्राका नेता राजेन्द्र लिङ्देनले आगामी महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । 

राप्रपाको अधिवेशन मंसिर १५ देखि १७ गतेसम्म काठमाडौंमा हुँदैछ ।

लिङ्देनकाे उम्मेदवारीलाई धवल शमशेर राणाको पनि साथ रहेकाे बुझिएकाे छ । लिङ्देनले बिहीबार पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणा गर्ने बताइएकाे छ । प्यालनको टुंगो लागि नसकेकाे भएपनि अहिलेलाई अध्यक्षको उम्मेदवारी घोषणा हुन्छ । महामन्त्रीको विषयमा पनि छलफल भइरहेको छ । उनी निकट नेताले बताए । 
 
फुटको लामो शृङ्खला पार गरेर एकीकृत भएको राप्रपामा अहिले तीन अध्यक्ष छन्, कमल थापा, पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनी । अबको एकता महाधिवेशनबाट अध्यक्षमा एक जना मात्र निर्वाचित हुने विधानमा व्यवस्था छ ।
 
लिङ्देन युवा पुस्ताका वा नयाँ पुस्ताका नेताका रुपमा चिनिएका छन् । उनी अहिले प्रतिनिधि सभा सदस्यसमेत छन् । 
 
वर्तमान समयसम्म आइपुग्दा राप्रपाले तीन एजेण्डालाई आत्मसाथ गर्दै आएको छ । पार्टीको मुख्य एजेण्डा भनेको सनातन हिन्दू धर्म, संघीयता खारेजी र संवैधानिक राजसंस्था हो । ‘यो जनमत सङ्ग्रहद्वारा एकचोटि परीक्षण गरी हेरम् भन्ने हाम्रो धारणा हो ।’ राप्रपा नेता राणा बताउँछन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.