काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफूलाई भीम रावलले चुनौति दिएकाे नभई माया नै गर्नु भएकाे बताएका छन् । ओलीले महाधिवेशनकाे सम्मुखमा आयोजित सम्पादकसँगकाे संवादमा यस्तो बताएका हुन् ।
ओलीले भने 'तपाई गलेको भए बस्नुस् पालो म दिन्छु भन्ने स्नेह पुर्ण सुझाव दिनुभएको हो ।' उनले भने जो कसैले मलाई चुनौति दिन पाइन्छ । लोकतन्त्रमा चुनौति दिन पाइन्छ त्यसमा आपत्ति मान्नु हुन्न त्यसमा दवाव दिनु हुन्न ।
मैले मन पराएको उम्मेदार त्यो हो, जो निविरोध हुन्छ वा जसले धेरै मत लिएर जित्छ । प्रतिस्पर्धीको बीचमा सहमति हुन्छ भने राम्रो कुरा हो, हुँदैन भने मैले केही भन्न मिल्दैन । म निर्वाचित भए भने सबैलाई समान व्यवहार गर्छु उनले संवादमा भने ।