रचनात्मक हुन साइवर सर्कललाई महेश बस्नेतको सुझाव

काठमाडाैँ । नेकपा एमालेका नेता महेश बस्नेतले साइवर सर्कललाई रचनात्मक हुन सुझाव दिएका छन् । बुधबार साइवर सर्कल घोषणा गर्दै उनले यस्तो बताएक हुन् । 

सूचना प्रविधिमार्फत एमाले र एमालेका नेताविरुद्ध छरिएका भ्रम चिर्न र भ्रम सिर्जना गर्नेहरुलाई कारवाहीको दायरामा ल्याउन संगठन महसुस गरी एमालेले ‘साइबर सर्कल’ बनाउने निर्णय गरेको समेत उनले बताए । 

एक वर्षअघि साइबर सेना घोषणा गर्दा विपक्षमा आतंकको अवस्था आएको भन्दै बस्नेतले संगठनको नाममा ‘सेना’ जोड्नु द्वन्द्वको प्रतिक हुने भन्ने सुझाव आएका कारण साइबर सेनालाई साइबर सर्कलका रुपमा परिमार्जन गरिएको कार्यक्रममा बताए । 

बस्नेतले दशौं महाधिवेशनबाट केपी ओली नै पार्टीका अध्यक्ष बन्ने दावी गरेका छन् । केपी ओलीकाे नेतृत्वकाे एमालेले आगामी निर्वाचनमा बहुमत ल्याउने र सरकारको बनाउने उनले बताए । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.