चितवन पुगे ‍ओली

काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चितवन पुगेका छन् । ओली महाधिवेशनका लागि चितवन पुगेका हुन् ।

केपी ओलि अहिले नेपाल बुद्धिजीवि परिषद्ले आयाेजना गर्ने कार्यक्रममा सहभागी हुँदैछन् । 

कार्यक्रममा समाजवादको आधार निर्माण विषयमा ४ वटा कार्यपत्र पेश हुनेछ ।

कार्यपत्रमाथि ७ जनाले टिप्पणी राख्ने कार्यक्रम रहेकाे नेपाल बुद्धिजीवि परिषद्का सचिवालय सदस्य ईश्वरीप्रसाद कडरियाले बताए । यस कार्यक्रमा क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका १५० विज्ञहरुहरुकाे पनि उपस्थिति रहनेछ ।

अध्यक्ष ओलीले यही कार्यक्रमलाई सम्बोधन गर्नेछन् । 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.