काठमाडाैँ । नेकपा एमालेकाे १० औँ महाधिवेशनमा नेकपा माओवादी केन्द्र र नेपाल मजदूर किसान पार्टीकाे उद्घाटन सत्रमा सहभागिता अनिश्चित भएको छ ।
संघीय संसदमा प्रतिनिधित्व गर्ने ७ राजनीतिक दललाई निम्तो गरिएकाेमा उनीहरुकाे सहभागिता अनिश्चित भएको विदेश विभाग प्रमुख राजन भट्टराले बताएका हुन् ।
भट्टराईकाे अनुसार उद्घाटन सत्रमा पाँच राजनीतिक दलले शुभकामना मन्तव्य दिनेछन् । विदेशी पाहुनाहरुमा भारत, बंगलादेश, श्रीलंका र कम्बोडियाका नेताहरु भौतिक रुपमै उपस्थित भएर शुभकामना उनले बताए ।
नेकपा एमाललाई २५ देशबाट महाधिवेशन सफलताका लागि शुभकामना सन्देश प्राप्त भट्टराईले बताए ।