सर्वोच्चमा १५ मंसिरदेखि गोलाप्रथाबाट पेशी तोकिने

काठमाडाैँ । सर्वोच्च अदालतमा १५ मंसिरदेखि गोलाप्रथाबाट पेशी तोकिने भएकाे छ । 

सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार सर्वोच्चकाे आजकाे पूर्ण बैठक अथवा फूलकाेर्टले मंसिर १५ देखि गोला प्रथाबाट मुद्दाको पेशी तोक्ने निर्णय गरेकाे हाे । 

आजकाे बैठकले सर्वोच्च अदालतका सबै न्यायाधीश सहभागी भएर बस्ने पूर्ण बैठक (फुलकोर्ट)ले प्रधानन्यायाधीशको अध्यक्षतामै अन्य दुई जना वरिष्ठतम् न्यायाधीश रहने पेसी व्यवस्थापन निर्देशन समितिबाटै पेसी तोक्ने निर्णय गरेको हो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.