१० औँ महाधिवेशनबाट नेकपा एमाले देशको निर्विकल्प शक्ति रहेको सन्देश दिन चाहन्छौँ

शंकर पोखरेल

महाधिवेशनलाई हामीले पहिलो पटक नीति महाधिवेशन र नेतृत्व महाधिवेशनको रुपमा अलग–अलग गर्ने गरी प्रयास गर्दैछौँ ।

हामीले केही समय पहिले काठमाडौंको गोदावारीमा पार्टीको विधान महाधिवेशन गर्यौँ । विधान महाधिवेशनबाट तीन ओटा दस्तावेजहरु पारित गर्ने काम गरेका छौँ । राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रतिवेदन र विधान संशोधन ।

यी तीन वटा दस्तावेजहरुलाई कार्यान्वयन गर्न नयाँ नेतृत्व चयन चितवन महाधिवेशनबाट गर्न गइरहेका छौँ । विधान महाधिवेशनको आयोजना गर्दा खेरी हामीले कार्यकर्ताको सम्प्रभूतालाई स्थापित गर्ने नीतिअन्तर्गत विधान महाधिवेशनको आयोजना गरेका थियौँ ।

६२ सयभन्दा बढी प्रतिनिधिको सहभागितामा छलफल गरी नीति तर्जुमा गर्ने काम गरियो । अब हामी राष्ट्रिय महाधिवेशनलाई स्वभाविक रुपमा जनताको व्यापक परिचालनको रुपमा नेपालको इतिहासको सबैभन्दा ठूलो जमघटको रुपमा, उत्सवको रुपमा महाधिवेशन आयोजना गर्दैछौं ।

यसको माध्यमबाट नेकपा एमाले देशको, राष्ट्रको शक्तिको रुपमा स्थापित रहेको छ, भन्ने सन्देश दिन चाहन्छौं । केन्द्रीय सरकारबाट षडयन्त्रपूर्ण ढङ्गले हामीलाई विस्थापन गरियो । प्रदेश सरकारबाट विस्थापन गरियो ।

अध्यादेशबाट हाम्रो पार्टीलाई विभाजित गरिएको यो सबै परिपेक्ष्यमा चाहिँ कतिपयको मनमा पार्टी कतै कमजोर भयो कि भन्ने खालको जुन आशंका छ, त्यो चिजलाई हामीले जनपरिचालनको माध्यमबाट अन्त्य गर्न चाहन्छौं ।

विधान महाधिवेशनबाट हामीले जुन विधान पारित गरेका छौँ त्यसलाई कार्यन्वयन गर्न सक्ने सक्षम नेतृत्व महाधिवेशनको माध्यमबाट चयन गर्न चाहन्छौँ ।
महाधिवेशनको तयारीमा गर्नपर्ने महत्वपूर्ण काम भनेको त प्रतिनिधिको चयन गर्ने काम हो । त्यो सम्पन्न भइसकेको छ ।

अन्य व्यवस्थापकीय रुपमा प्रचार–प्रसारका कामहरु, स्थल व्यवस्थापन गर्ने खालका कुरा, परिचालन गर्ने, बन्दसत्रमा प्रतिनिधि राख्ने कुरा, खानपिनको व्यवस्थापनको कुरादेखि निर्वाचनको सहजीकरणसम्म हामी जुटेका छौँ ।

यसपटक हामीले चाहिँ विद्युतीय मतदानकोे माध्यमबाट नेतृत्व चयन गर्दैछौँ । जसले गर्दा विगतको अधिवेशनमा बोझिलो बन्ने गरेको निर्वाचन यसपटकको महाधिवेशनमा हुँदैन भन्ने हाम्रो आश छ ।

महाधिवेशन भनेको त पार्टीलाई वैधानिकता दिने फोरम मात्रै हो । यो चिजलाई सबैले महशुस गर्न सक्ने हो, भने सहमति टाढा छैन । सहमति सम्भव छ ।

हामीले चाहिँ पार्टीको नेतृत्वको रुपमा, यो चुनौतिको बीचमा पाटीलाई स्थिापित पार्ने सन्दर्भमा मुलुक जसरी दुई ध्रुवमा बाँडिएको छ, एकातिर केपी ओली नेकपा एमाले र अर्कोतिर पाँच दलको गठबन्धन रहेको छ, त्यो गठबन्धन मुलत एमालेको गठबन्धनको विरुद्धमा रहेको छ ।

उसका कुनै उद्देश्य छैन, लक्ष्य छैन, कुनै त्यस्तो कार्यक्रम छैन । उनीहरुको एकता पनि छैन र भविष्य पनि छैन । विशुद रुपमा हामीलाई रोक्ने प्रयास माात्रै भइरहेको छ । हाम्रो प्रगतिलाई रोक्ने काम भएको छ ।

यो चिजलाई छिचोल्ने प्रसङ्गको बीचमा आम हामी कार्यकर्ताको बीचमा धारणा के बनेको छ, भने अर्को कार्यकालको लागि निरन्तरता दिनुपर्छ भन्ने मनोविज्ञान तयार भइसकेको छ ।

त्यस अर्थमा त्यो चिजलाई पार्टीको सबै नेताहरुले महशुुस गर्नु भएको छ । सबैमा सहमति हुने वित्तिकै यसले एक खालको सहमतिको सन्देश दिने छ ।

यदी कोही साथीहरुले आफू उम्मेद्वारको घोषणा गर्नु भएकोे छ । तर, मलाई के लाग्छ भने आम कार्यकताको भावना बुझेर आफूले गरेको काम गलत रहेछ, भनेर सहमतिमा जानु हुनेछ ।

निश्चित रुपमा एमालेभित्र हाम्रो एउटा सुन्दर परम्परा छ, हेर्नुस् मतदान गर्ने क्रममा स्वभाविक रुपमा मतदाताहरुले, कार्यकताहरुले पार्टीको भविष्यलाई ध्यानमा राखेर विवेकको प्रयोग गर्ने गरेकै छन् ।

यस अर्थमा हामीले के ठान्नु हुँदैन भने चुनाव नै भएपनि वर्वाद नै भइहाले छ भन्ने कुरो होइन । सहमति नै भइहाले छ, भनेपनि नेतृत्वले विवेक पु¥याउँछ भन्नु पर्यो । त्यस अर्थमा म के ठान्दछु, भने राष्ट्रिय चुनौतिहरुलाई सामना गर्ने सन्र्दभमा जे कुराको आवश्यक छ त्यो कुराको प्राथमिकतालाई प्रमुख नेताहरुको टिमले महशुस गर्नु पर्छ ।

पार्टी सहमतिको आधारमा अगाडि बढ्न तयार छ र सोही अनुसार अध्यक्षले पनि देशव्यापी रुपमा सर्वसम्मतको आवश्यकतालाई बोध गर्दै उहाँले आह्वान पनि गर्नु भयो । स्थानीय तहदेखि प्रतिनिधिसम्म सहमतिमा भएको छ । यो भावनाको प्रतिविम्ब त केन्द्रमा पनि हुन्छ नै ।

अर्को तर्फ निर्वाचन नै भइहाल्यो भनेपनि हामी लोकतन्त्रमा विश्वास गर्छौ । हाम्रो निर्वाचनबाट पनि एकता कायम गर्ने हो । आन्तरिक प्रतिस्पर्धा भनेको चाहिँ एकता निर्माण गर्नको लागि हुनुपर्छ, भन्ने कुरामा विश्वास गर्छु । चुनाव नै भइहाल्यो भनेपनि त्यसमा समस्या मान्नु हुँदैन ।

हाम्रो पार्टी परम्परागत पार्टीभन्दा भिन्न हो । परम्परागत पार्टी दुई प्रकारका हुन्छन् । एक बुर्जुवा पार्टी अर्को क्याडरवेस पार्टी । जसलाई कम्युनिष्टहरुले प्रयोग गर्दै आएको संगठनात्मक अभ्यास हो ।

तर, हामीले जननेता मदन भण्डारीको पालामा पार्टीको निर्माणको सन्र्दभमा हामीले के कुरालाई आत्मसाथ गरेका छौँ, भने नेपाल जस्तो मुलुकमा प्रर्तिस्पर्धा गर्ने विधिबाट हामी अगाडी बढ्छौँ । एक प्रकारको संविधानको बाटोबाट राज्यसत्ता सञ्चालनको बाटोमा जान्छौँ । लोकतान्त्रिक विधिबाट नैँ नेतृत्व हासिल गर्ने बाटोमा जान्छौँ त्यो मुलुकमा चाहिँ कम्युनिष्ट पार्टी पुर्णः मास कार्यकर्ताको हिसाबमा सुसंगठित पार्टी नेकपा एमाले छ ।

किन कि तपाई हामी सबैलाई थाहा छ, नेपाली कांग्रेसले महाधिवेशनको लागि वर्षदिन भन्दा पहिलादेखि तयारी गरेर पनि अझै सकेको छैन । तर, हामीले एकैदिनमा वडा अधिवेशन, पालिका अधिवेशन गरेका छौँ ।

एकै दिन हामीले प्रतिनिधिको काम सम्पन्न गरेका छौँ । त्यसले के स्थिापित गर्छ भने निर्वाचन प्रक्रियामा भन्नुस् या अधिवेशन प्रक्रियामा भन्नुस्, यसले नेतृत्वको गतिशीलतालाई पुष्टि गरेको छ ।

एकैचोटी सबै तिरको प्रतिनिधि चयन गर्दा खेरी कार्यकर्ताको सम्प्रभुता कायम हुन्छ । यसरी स्थापित भएको कार्यकताहरुले जनताको माझ जान सक्ने क्षमता राख्छन् । त्यस अर्थ हाम्रा कार्यकर्ता कस्ता हुन् त जनताले विश्वास गरेका कार्यकर्ता हुन ।

जनतामा भिजेको कार्यकर्ता छन् । उनीहरुको सार्मथ्य के छ, भन्ने कुरा जनमानसद्वारा देखाउन खोजेका हौं । जसले गर्दा जनताको बहुदलीय जनवाद पार्टी निर्माणको जुन दृष्टिकोण अगाडि सारेको छ । त्यसको सफलतम् प्रयोग चाहिँ हामी यो महाधिवेशनको माध्यमबाट गर्दैछौँ ।

आजको एमाले नेकपाको निरन्तरता हो, नेकपाको एकता रहन सकेन । हामीले एकताको भावलाई एकाग्रताको साथ एमालेको माध्यमबाट प्रतिनिधित्व गरिराखेका छौँ ।
प्रचण्डको नेतृत्वको हिजोको माओवादी केन्द्र हिजैको रुपमा रहेन, माओवादीका थुप्रै नेता कार्यकर्ता आज एमालेमा जोडिनु भएको छ । त्यस अर्थमा आजको नेकपा एमाले नेकपाको निरन्तरताको साथ रहेको छ ।

प्रचण्डको त्यो पार्टीले जनताको अभिाराहरु पुरा गर्न सक्दैन । अर्कोतर्फ एमालेलाई विभाजित गर्ने जुन कोशिस भयो माधव कुमारको नेतृत्वमा समाजवादी पार्टी गठन गर्ने जुन काम भएको छ ,त्यसले कम्युनिस्ट आन्दोलनको कार्यभार पुरा गर्न सक्छ कि सक्दैन भन्दा सक्दैन ।

संविधान बनिसकेपछि हामी के निष्र्कषमा थियौँ भने नेपालको राजनीति बामपन्थीको नेतृत्वमा अगाडि बढ्ने कि नेपाली कांग्रेसको नेतृत्वमा अगाडि बढ्ने भन्ने प्रश्नमा विभाजित हुन्छ, एक प्रकारको परिकल्पना गरेका थियौँ ।

जसलाई बलियो बनाउनका लागि चुनावी गठबन्धन गरेका थियौँ । एउटै चुनावी घोषणा पत्रबाट चुनाव लडियो । तर, त्यो यर्थाथलाई प्रचण्डले बुझनु भएन । नेकपा एमालेको गरिमा उन्नत लोकतान्त्रिक संस्कारमा टिक्न सक्नु भएन । उहाँले एक प्रकारको अवसरवाद प्रकाशित गर्नु भयो । त्यसले नेपालको स्वाधिनता र स्वाभिमान विरुद्ध उभिनु भएको ठहर छ ।

बौद्धिक राजनीतिज्ञहरु र समाजवादका पक्षमा रहेकाहरु अब एमालेको पेरिफेरिमा केन्द्रित हुन जरुरी छ । र, हामी महाधिवेशनको माध्यमबाट त्यो सन्देश दिनेछौं ।

सामाजका वरिष्ठ मानिसहरु एमालेमा प्रवेश गरिहेको छन् । महाधिवेशनपछि झन् यो शृङ्खला बढ्नेछ । निर्वाचनको बेला अझ धेरै प्रतिनिधिहरु एमालेमा प्रवेश गर्नेछन् ।

केन्द्रमा भन्नुस् या प्रदेश वा स्थानीय तह सबै ठाउँमा एमाले पहिलो शक्ति हो । अहिले हामी किन सत्तामा छैनौं भने उनीहरु पाँच दल मिलेका छन् । त्यसैले हामी दोस्रोमा छौँ । हामी के दाबी गर्न सक्छौँ भने अबको चुनावमा बहुमत ल्याएर पहिलो पार्टी बन्न सक्छौं । हामी त्यो योजनाको साथ अगाडि बढिरहेका छौँ ।

नेपालमा राष्ट्रिय स्वाधिनता र स्वाभिमानमा रहेको व्यापक मत हामी तिर आर्कषित भएको छ । विकास समृद्धि नेपालको आकांक्षा बनिरहेको छ । हाम्रो अध्यक्ष प्रधानमन् त्री भएको बेला मुर्झाएका जनताको सपनाहरुलाई बिउताउनु भयो ।

पछिल्लो समय नेपाली राजनीतिले असम्भव भनेको र ठानिएका कुराहरु आज राष्ट्रिय एजेण्डाको रुपमा स्थापित छन् । रेल, पानीजहाज, सरुुङमार्ग लगायत थुप्रै ।

जसका कारण केपी ओली राष्ट्र नायकका रुपमा अगाडि आउनु भयो र नेपाल समृद्धिको बाटोमा अगाडि बढ्दै थियो त्यो बाटो रोकियो । त्यसपछि जनताले के महशुस गरेको छन्, भने मुलुकका जे एजेण्डाहरु जनताका के चाहनाहरु छन् त्यो एमालेबाट मात्रै पुरा हुन् सक्छ ।

विधान महाधिवेशनको माध्यमबाट हाम्रो कार्यभार तयार गरेका छौं । कम्युनिस्ट आन्दोलनका दुईवटा कुरालाई सामना गर्ने कुरा गरेका छौँ ।

दक्षिणपन्थी अवसरवाद, उग्रवामपन्थी धार दक्षिणपन्थमा पतन हुन्छ भन्ने जे दृष्टान्त थियो त्यो आज यर्थाथ भएको छ । प्रचण्डको उग्रवामपन्थ दक्षिण पन्थमा गएर पतन भयो ।

आज देउवालाई प्रधानमन्त्री बनाएर चाहिँ आफ्नो अस्तित्व राखिरहेका छन् । माधव नेपाल पनि त्यही बाटोमा हुनु हुन्छ यो चाहिँ कम्युनिष्ट आन्दोलनको चुनौति हो ।

यसलाई सामना गरेर नै कम्युनिष्ट आन्दोलन बलियो हुन्छ । अर्को संगठनात्मक अराजकता यो नेपाली समाजमा नै देखापरेका छन् । सही बाटोमा हिडाँउनु पर्ने पार्टीले हो ।

तर, आज संगठनात्मक अराजकतालाई विजय नगरी त्यसबाट मुक्त हुने उपाय छैन । हामी यसैको लागि महाधिवेशनबाट अगाडि बढदैछौं ।

जसले नेकपा एमालेलाई राष्ट्रिय राजनीतिको मुलधारमा, राष्ट्रिय राजनीतिको केन्द्रमा नेतृत्व गर्ने शक्तिको रुपमा स्थापित गर्छ ।

(पोखरेलले १० औँ महाधिवेशनकाे पूर्वसन्ध्यामा व्यक्त विचारकाे स‌म्पादित अंश)

© 2021 Quicknepal.com  |  All Rights Reserved.