३३ किलो रक्तचन्दनसहित १० जना पक्राउ

काठमाडौं । ३३ किलो रक्तचन्दनसहित १० जना पक्राउ परेका छन् । काठमाडौंको तिलगंगाबाट उनीहरू पक्राउ परेका हुन् । 

महाशाखा प्रमुख एसएसपी चन्द्रकुवेर खापुङका अनुसार पक्राउ महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेका हुन्  ।

पक्राउ पर्नेहरुमा खोटाङका घनश्याम आलेमगर र जीवन थापा, तनहुँका सुदीप ठडराई, काठमाडौंका अनिलचरण श्रेष्ठ, अनुपकुमार श्रेष्ठ, यिक्रम श्रेष्ठ र मदन पोडे, सिन्धुलीका हेमकुमार श्रेष्ठ, मकवानपुरका मंगलसिंह लो र काभ्रेका कर्साङ लामा रहेका छन् ।

तस्करबाट संकलन गरिएको उक्त तेल प्रतिलिटर ५ लाख रुपैयाँका दरले बिक्री गर्न लागिएको प्रहरीले बताएको छ । रक्तचन्दन र यसबाट बनेका सामग्रीको ओसारपसार नेपालमा प्रतिबन्धित छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.