एमाले महाधिवेशनका कारण चितवन कांग्रेस अधिवेशन स्थगित

काठमाडौं । नेकपा एमालेको १४औँ महाधिवेशनका कारण नेपाली कांग्रेस चितवन जिल्ला अधिवेशन रोकिएको छ । एमालेको महाधिवेशन उद्घाटनकै दिन कांग्रेस चितवनको जिल्ला अधिवेशन पनि उद्घाटन गर्ने कार्यतालिका थियो ।

तर, एमाले महाधिवेशनका कारण यातायात व्यवस्था अस्तव्यस्त भएको र मतदातालाई राख्न आवासको समेत समस्या देखिएपछि कांग्रेस जिल्ला अधिवेशन स्थगित भएको हो । अधिवेशनको अर्काे मिति भने तय भइसकेको छैन ।

कांग्रेसको जिल्ला कार्यसमितिले निर्वाचन कार्यक्रम प्रदेश अधिवेशनपछि मात्रै गर्ने गरी निर्वाचन समितिलाई पत्र पठाएको निर्वाचन अधिकृत पोखरेलले विज्ञप्तिमार्फत् जनाएका छन् ।

एमालेको १० औं महाधिवेशनका कारण चितवनका सबै होटलहरु भरिएका छन् भने यातायात व्यवस्था पनि अस्तव्यस्त बनेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.