हामी राष्ट्रिय आकांक्षा सामूहिक रुपमा पुरा गर्ने छौँ

शंकर पोखरेल

धेरै कार्यकर्ताको निमार्ण गर्नु, पार्टी बलियो बनाउनु त्यो हाम्रो लक्ष्य होइन । त्यसले के काम गर्छ, त्यो महत्वपूर्ण हो ।

त्यो कामको सन्दर्भमा हामीले के भनेका छौँ, भने बहुदलीय जनवादको मार्ग दर्शनमा समाजवादको आधार तयार पार्छौँ ।

त्यो भनेको के हो, त आज जुन संघीय लोकतान्त्रिक गणतन्त्र छ । त्यसको उत्पादन सम्बधलाई बलियो बनाउनका लागि उत्पादक शक्तिहरुको विकास गर्ने कुरा महत्वपूर्ण कुरा हो ।

त्यो के कुराबाट सम्भव हुन्छ भन्दा त्यो कमजोर राज्यबाट सम्भव हुँदैन । त्यो बलियो राज्यबाट मात्रै सम्भव हुन्छ ।

राज्यलाई हामी जति लोककल्याणकारी बनाउछौँ, विकासित गर्न सक्छौँ । राज्य बलियो भयो, भने नै उसले लगानी गर्न सक्ने सामाथ्र्य राख्छ । आर्थिक वृद्धिलाई तिव्रता दिन सक्छ ।

यो हिसाबले हामी मुलुकलाई समाजवादको बाटो तिर डोर्‍याउँछौँ, भनेका छौँ । यो यात्रा जनताको बीचमा पुर्‍याई प्रभावकारी ढङ्गले अगाडि बढाउने सोचमा छौँ ।

माधव नेपाललाई पतन भएको देख्न चाहदैन थियौँ, हामीले उहाँलाई जोगाउने अधिकतम प्रयासहरु गरेका हौँ । तर, माधव नेपाल जुन हिसाबले पतन हुनु भयो, त्यो पतन उहाँकै आफ्नो कुण्ठाको परिणाम हो । गलत चिन्तनको परिणाम हो ।

माधव नेपाललाई नेता मानेर कतिपयहरु नेताहरु बरालिँएको अवस्था छ । विचलित भएको अवस्था छ । उनीहरुलाई हामी फेरि फर्काउन चाहन्छौँ । हाम्रो सोच के हो त भन्दा हाम्रो जुन प्रकारका मान्यताहरु छन्, योजनाहरु छन्, त्यसको जगमा हामीले आफूलाई सबल र सुदृढ बनाउने हो ।

हाम्रो पार्टीभित्र यस्तो खालको संकट नआएको होइन, हरेक संकटलाई हामीले सामना गरेका छौँ । चुनौतिलाई अवसरमा बदलेका छौँ । हामीले अहिले जेजति समस्या झेलेका छौँ, यसलाई तागतको रुपमा, अवसरको रुपमा लिएका छौँ ।

हामी एमालेभन्दा बलियो हुन्छौँ । चुनावसम्म मिलेर जान्छौँ भन्दै आइरहनु भएको छ । उहाँहरुको प्रयास गठबन्धन मिलेर एमालेलाई जित्ने छ । त्यस अर्थमा उहाँहरुले एक्लै एमालेलाई जित्ने हैसियतमा हुनुहुन्न ।

नेपालको ठूलो पार्टी पनि एमाले जित्ने सामथ्र्य राख्दैन । अरुको त कुरै छोड्नुहोस् । यो विगतको कामले गर्दा भएको हो । अब हामी के तयारी गर्दै छौँ, भने पाँच दलको गठबन्धनलाई पनि जित्ने तयारी गर्दैछौँ । त्यही तयारीको स्वरुप हो, यो महाधिवेशन ।

हाम्रो यो महाधिवेशन आँफैमा एउटा उत्सव हो । यसका चुनौतिहरु पनि थुप्रै छन् । जो पुग्नु हुन्छ चितवन उहाँले थपाइ हाल्नु हुन्छ । जो पुग्न सक्नुहुन्न कुनै न कुनै माध्यमबाट हामी उहाँ पुर्‍याउँछौँ ।

हामीले सोचेभन्दा बढी मानिसको उपस्थिति हुने देखिएको छ । हामीलाई समस्या सवारी साधानको उपलब्धता गराउन नसक्ने देखिएको छ ।

मान्छे धेरै आउन चाहने यातायातको कमी सबै तर्फ कार्यकर्ताको गुनासोको रुपमा रहेको छ । जस्तो सुकै समस्या रहेतापनि हाम्रो अभियानसँग जोडिन चाहनेसँग भौतिक रुपमा नभएपनि डिजिटल माध्यमबाट जोडिने छौँ ।

आर्थिक व्यवस्थापनको लागि कार्यकर्ता, प्रदेश कमिटी र स्वच्छिक रुपमा दिन चाहेमा हामीले लिने व्यवस्थापन मिलाएका छौँ । हामीले जिम्मेवारी दिए अनुसार कमिटीका सदस्यहरुले गर्नु हुनेछ ।

कसैलाई हामी सहयोग गर्नु भन्दैनौँ गर्न चाहनु भयो भने अस्वीकार गर्दैनौँ । हाम्रो खर्चको लागि हाम्रो पार्टी नविकरण सदस्यबाट नै पुग्ने रकम भइसकेको छ ।

प्रतिनिधिहरुलाई अभिलेखीकरण गर्ने जति बेला प्रतिनिधि छनोट हुन्छन् त्यति बेला नै अभिलेखीकरण गरिहाल्ने । त्यस अर्थ चाहिँ हामीले महाधिवेशनको पूर्व नै महाधिवेशनको तयारी गरिसकेको हुन्छौँ । त्यो योजनाको साथ हामी अगाडि बढेको हुन्छौँ ।

चितवन पर्यटकीय स्थल हो । त्यहाँ विदेशीदेखि नेपालीको आर्कषण हुन्छ । जसले गर्दा अर्थतन्त्रको चलायमान हुन्छ । राजनीतिक गतिविधि भनेको पनि आर्थिक गतिविधि हो नै ।

हामी प्रतिनिधि र कार्यकर्ताको विचार के छ ? त्यसलाई आकलन गर्छौँ र सोही अनुसार नेतृत्व चयन गर्छौँ ।

यसलाई म ठूलो कुरो मान्दिन् । जब हामी बन्दसत्रका हलभित्र प्रवेश गछौँ । कार्यकर्ताको भावना के छ भनेर बुझ्छौँ । जसले गर्दा हामीलाई चुनाव प्रचारको अवधि चाहिँदैन । जसले गर्दा म यो भूमिकाको उम्मेदवार भनिरहनु पर्छ जस्तो मलाई लाग्दैन ।

कार्यकर्ताको भावनालाई हामी सम्मान गर्छौँ । जसले गर्दा पार्टी पनि बलियो हुन्छ । पु्रानो नेतृत्व दोहोरिन्छ भने त्यसभित्र नयाँको आवश्यकता पर्छ । सबै पुरानो हुँदा पनि त्यसले पार्टीलाई गतिशील बनाउन सक्दैन ।

हामीले सबै भाइचारा मित्र पार्टीहरुलाई निमन्त्रणा गरेका छौँ । सबैको सकरात्मक प्रतिक्रिया छ । सबैको भौतिक उपस्थिति सम्भव नहोला । जहाँबाट जति आउनु हुन्छ कसैलाई खुल्ला सत्रमा त कसैलाई बन्द सत्रमा सहभागी गराउँछौ ।

उहाँहरुको सन्देश प्राप्त गर्ने खालका कामहरु गछौँ । धेरैले लिखित सन्देश पाउनु भएको छ । उहाँहरुको सन्देशलाई पनि मध्यनजर गर्ने छौँ ।

बाटोमा यात्राका क्रममा विभिन्न समस्याहरु आउन सक्छन् । खानेकुरादेखि समयसम्मको हरेक कुरामा संयमता अपनाइदिन आग्रह गर्दछु ।

समयको केही मार्जिन राखेर यात्रा गर्न जरुरी छ । हामी सबै त्यही भेट्ने छौँ । एउटा उत्सवमा सामेल हुनेछौँ । एउटा बन्दसत्रको माध्यमबाट जुन बलियो पार्टी निमार्णको राष्ट्रिय आकांक्षा छ, त्यो हामी सामूहिक रुपमा पुरा गर्नेछौँ ।

(पोखरेलले १० औँ महाधिवेशनकाे पूर्वसन्ध्यामा व्यक्त विचारकाे स‌म्पादित अंश)

© 2021 Quicknepal.com  |  All Rights Reserved.