काठमाडौं । नेकपा एमालेको १० औं महाधिवेश उदघाटन समारोहमा बोल्दै राप्रपाका अध्यक्ष कमल थापाले केपि ओली राष्ट्र नायक रहेको घोषणा गरेका छन् ।
थापाले शुभकामना मन्तव्यमा अहिले धर्म परिवर्तन जवरजस्ती भएकाेमा साेप्रति राप्रपाकाे आपति रहेकाे धारणा राखेकाे थिए ।
‘योजनाबद्ध र संगठितरुपमा गरिँदै आएको धर्म परिवर्तनले हामी नेपालीहरुको सनातन धार्मिक–सांस्कृतिक पहिचानलाई समाप्त पार्ने प्रयास भइरहेको छ । नेपालको इतिहासमा अहिले भष्टाचार व्यापक मात्रामा भइरहेको छ ।’ उनले भने । ‘केपी ओलीजस्तो दृढ अडान भएको र राष्ट्रवादी सोच भएको नेतृत्व गरेको पार्टीले यो देशलाई संकटबाट जोगाउनका निमित्त ऐतिहासिक योगदान पु¥याउन सक्नेछ ।’