चितवन। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको १० औँ महाधिवेशनको उद्घाटन रिमोटमार्फत झण्डोत्तलोन गरेर गरेका छन् ।
ओलीले रिमोट थिचेसँगै नेपालको राष्ट्रिय झण्डा, सूर्यअंकित झण्डा र हँसिया हतौडाअंकित झण्डा स्वचालित रूपमा एकसाथ माथि उठेका थिए ।
महाधिवेशन उद्घाटनपश्चात ओलीले मञ्चनजिकै राखिएको १०औं महाधिवेशको लोगोअंकित गैँडाको मस्कट अवलोकन गरेका थिए ।