काठमाडौं । नेकपा एमालेको १० औं महाधिवेश उदघाटन समारोहमा महन्थ ठाकुर सम्बोधन गर्दै छन् ।
ठाकुरले सम्बोधनका क्रममा केपी ओलीलाई अब पनि पहिले जस्तो नै ठूलाे पार्टी बनाउन शुभकामना व्यक्त गरेका छन् ।
उनले विगतमा संविधान संशाेधन लगायत मधेशका मुद्दामा केपी ओलीले पुर्याएकाे सहयाेगप्रति धन्यवाद भनेका छन् ।
उनले भने 'केपी ओलीले हाम्रो जेलमा भएका मानिस ओलीले जेल मुक्त गरी र हाम्रो माग हाम्रो आन्दोलनलाई केपी ओलीको सरकारले सम्बोधन गर्नुभएको छ ।'
वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले पनि बाँकि रहेको मुद्धा हेर्न आग्रह समेत गरेका छन् ।
संविधान संशोधनको मागसहित सडकमा उत्रिने क्रममा आफूहरुले २० लाख मानिसको सहभागितामा तराई मधेसमा मानव साङ्लो प्रदर्शन गरेको स्मरण गराउँदै उनले माग पूरा नभएमा फेरिपनि २० लाख मानिस उतार्ने छौँ । उनले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरेका छन् ।