राष्ट्रिय स्वार्थ र विकासका लागि कम्युनिस्ट एकता आवश्यक छ : लीलामणि पोखरेल

काठमाडौं । राष्ट्रिय स्वार्थ र विकासका लागि कम्युनिस्ट एकता आवश्यक भएको बताएका छन् ।  

शुक्रबारबाट चितवनमा सुरु भएको महाधिवेशनलाई शुभकामना दिने क्रममा उनले यस्तो बताएका हुन् । अध्यक्ष दाहालको कार्यव्यस्तताका कारण आफू कार्यक्रममा उपस्थिति भएको बताएका थिए ।

दाहालको अनुपस्थितिलाई  नेपाली राजनीतिमा निकै महत्वका साथ हेरिएको थियो । कुनै समय एकै जंगलमा दुई सिंह मिलेर बसेको भन्दै एकअर्कालाई प्रसंसा गर्ने उनीहरु यतिखेर दुई ध्रुवझै भएका छन् । मानौँ कि ती ध्रुवहरु कहिल्लै पनि भेट हुँदैनन् ।

नेकपा माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले  विशेष कामले गर्दा नै प्रचण्ड अनुपस्थित हुनु भएको बताएका छ । 

उनले नेकपा एमालेकाे १० औँ महाधिवेशनमा शुभकामना मन्तव्य दिँदै भने सामाजिक शक्तिहरुको बीचमा एकता द्वान्दवा र फेरि एकता हुन्छ । केही काल हामी पार्टी एकता गरेका हामी एकै ठाउँ थियौँ ।'

उनले सम्बोधनका क्रममा भनेका छन् -राजाको निरंकुशकालमा गिरिजाले भनेका थिए माले मासाले एउटै हुन । तर, गिरिजाले त्यसलाई उपयोग गरेर नै आज हामी यहाँ आएका हौँ। त्यसैले कसैले पनि एक्लो यात्रा लिएर यात्रा पुरा गर्न सकिँदैन । 

समाजवादी क्रान्तिका लागि सहकार्य आवश्यक छ । माक्र्सवादको सिर्जनात्मक प्रयोग आजको आवश्यकता हो । नयाँ सम्भावनलाई यहाँहरुले नयाँ काेणबाट भूमिका खेल्नु हुनेछ भन्ने शुभकामना व्यक्त गर्दछु।

द्वन्द्व र एकता एक रुपले नरहने बताउँदै द्वन्द्वविना विकास सम्भव नहुने बताएका छन् । विगतमा एमाले र माओवादीबीच भएको एकता र फुटको स्मरण गर्दै उनले यस्तो बताएका हुन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.