चितवन। जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाली जनताले कम्युनिस्ट पार्टी एक भएको हेर्न चाहेको बताएका छन् । शुक्रबार नेकपा एमाले महाधिवेशनमा शुभकामना सन्देश दिने क्रममा उनले यस्तो बताएका हुन् ।
नेपाली राजनीतिमा एक कम्युनिस्ट पार्टीले अर्को पार्टीलाई दोष लगाएको बताउँदै सो बताएका हुन् ।
राजनीतिक दल नसुध्रिने हो भने राष्ट्रियता धरापमा परेको बताए । सो क्रममा उनले राजनीतिलाई व्यवसाय नबनाउन आग्रह गरे ।
सो क्रममा देश विकासका लागि हामी एक ढिक्का हुन आवश्यक रहेको बताएका छन् ।
केसीले सम्बोधनका क्रममा भने ‘हामी राजनीतिक गर्ने व्यक्तिहरू नसुध्रीकन देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतालाई अगाडि राखेर राज्य र जनताको स्वार्थलाई अगाडि राखेर हामीले राजनीति गरेनौँ, राजनीतिलाई विशुद्ध पेसाको रूपमा अपनायौँ भने नेपाली जनताले यस्तो अप्ठेरो अवस्था देखिरहन्छन् । हामीले बाह्य शक्तिलाई दोष लगाउँछौँ । बाह्य शक्ति त खेल्छ त हामीले लडाई गर्नुपर्ने, हामीले एकले अर्कोलाई खुइलाउनुपर्ने, बदनाम गर्नुपर्ने, बाहिरकाले त्यही खोजिरहेका छन् ।’