चितवन। नेकपा एमालेको १० औं महाधिवेश उदघाटन समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादर देउवाले हामी सबै जेलका साथीहरु हौँ भनेका छन् ।
उनले कार्यक्रममा भने ‘केपी ओलीजीलगायत धेरै वामपन्थी साथीहरू र हामी सँगै जेलमा थियौं । हामी जेलमेट पनि हौं । हामीले सँगै दुःख भोगेका हौं । हिजोका दिनमा हामीले भोगेका दुःख सम्झेर भोलिका दिनमा कुनै नेपालीले दु:ख नपाउन् भन्नेमा हामी केन्द्रित हुनुपर्छ ।’
‘हाम्रा असहमतिहरुलाई संविधानले निर्धारण गरेका विधिबाटै टुंग्याउनुपर्दछ । त्यसलाई हामी सबैले स्वीकार्नु पर्दछ ।' उने शुभकामना सन्देशमा बताएका हुन् ।