चितवन । एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई धन्यवाद दिएका छन् ।
एमालेको १० औं महाधिवेशनलाई चितवनको नारायणी नदी किनारमा सम्बोधन गर्दै ओलीले प्रधानमन्त्री देउवालाई धन्यवाद दिएका हुन् ।
‘प्रधानमन्त्रीज्यू यहाँ आएर नेपाली कांग्रेसको तर्फबाट एमालेको महाधिवेशनको पूर्ण सफलताको शुभकामना दिनु भयो । म उहाँलाई धन्यवाद दिन चाहन्छु ।’ ओलीले भने ।
देउवा प्रधानमन्त्री भएको ६ महिनापछि ओली र देउवासँगै मञ्चमा बसेका हुन् ।