नेकपा एमाले सिर्जनशील व्यक्तिहरूको पार्टी हाे : ओली

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले बेरोजगारहरूले तास फिट्ने र बाँड्ने पार्टी नभएको बताएका छन् ।

उनले १० औँ महाधिवेशनकाे उद्घाटन सत्रलाई सम्बोधन गर्दै भने-यो पार्टी सिर्जनशील व्यक्तिहरूको पार्टी हाे । आफ्नो सिर्जनशीलताले देश विकास र सम्पन्न बनाउन उनले आग्रह पनि गरेका छन् ।

उनले नेकपा एमाले सधैँ देशवासीप्रति चिन्तित रहने पार्टी भएको र सोहीअनुसार 'समृद्ध नेपाल सुखी नेपाली' अभियान चलाएको दाबी गरेका छन् ।

उनले अब नेपाली सन्ततिले दुःख, अशान्ति, बेरोजगारी, अभाव, बिरामी, रोगी भएर बस्नु नपर्ने पनि बताएका छन् । यस्ता विषय अब सिनेमा र डकुमेन्ट्रीमा मात्रै देखिने उनको भनाइ छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.