प्रचण्डलाई ओलीको प्रश्न : पूर्वलडाकुको व्यवस्थापन किन नगरेको ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व लडाकुहरुको व्यवस्थापन गर्ने बताएका छन् । १०औँ महाधिवेशनमा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘१० औं हजार पूर्व लडाकुहरू एमालेमा प्रवेश गर्ने तयारीमा छन् ।’ सो क्रममा ओलीले भने, ‘अहिलेसम्म पनि शान्ति प्रक्रिया टुंगिएको छैन । प्रचण्डजीहरू अहिलेसम्म पनि शान्ति प्रक्रिया किन टुंगो लगाउनु हुन्न ? किन घाइतेहरूको उपचार हुँदैन ? किन झूटा मुद्दा खारेज हुँदैन ? किन बहिर्गमित लडाकुको व्यवस्थापन हुँदैन ? मन परेका मान्छेलाई १०/१० हजार बाँडेर यो समस्या समाधान हुन्छ ?’

ओलीले आफ्ना लडाकुहरूको व्यवस्थापन गर्न नसकेको भन्दै सम्बोधनका क्रममा उनले प्रचण्डको आलोचनासमेत गरे । 

‘हिजो प्रधानमन्त्रीले गर्न दिएन भनेर भाषण गर्नु हुन्छ । आज प्रधानमन्त्री नभए पनि सरकार मेरै कठपुतली हो, म नचाइदिन्छु भन्नु हुन्छ । पावर देखाउनुस् । समस्या समाधान गर्नुस् लडाकुका ।’ उनले भने ।

‘हिजो के का लागि बलिदान दिनु भएछ देखिहाल्नु भयो । कसलाई मेयर बनाउन रहेछ । कसलाई मन्त्री बनाउन रहेछ देख्नु भयो । कुल्ली दाइले बाटो बनायो, तर गाडी अर्कैंले कुदायो ।’  जस्तै भएकाे ओलीले भने ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.