कुन पदमा छ पूर्व माओवादीका नेताले दाबी

काठमाडौं । नेकपा एमालेको १४औँ महाधिवेशनका क्रममा माओवादीबाट आएका नेताहरुले उपाध्यक्ष, उपमहासचिव र सचिवमा दाबी गरेका छन् ।

२०७७ पुस २३ को सर्वोच्चको आदेशका कारण तत्कालीन नेकपा एमाले र माओवादीमा रुपान्तरण भएसँगै रामबहादुर थापासहित एमालेमा रहेका उनीहरुले उल्लेखित पदमा दाबी गरेका हुन् । 

स्रोतका अनुसार उपाध्यक्षमा रामबहादुर थापा ‘बादल’, उपमहासचिवमा टोपबहादुर रायमाझी रायमाझी र सचिवमा लेखराज भट्टले दाबी गरेका छन् । 

पदाधिकारीको टुंगो लगाउने जिम्मेवारी केपी शर्मा ओलीले पाएसँगै माओवादीका नेताहरु अध्यक्ष ओलीसँग भेट गरेका छन् । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.