काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्यको नामवली प्रस्ताव गर्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको भए पनि उपाध्यक्ष भीम रावल भने चुनाव लड्ने तरखरमा देखिएका छन् ।
अध्यक्ष पदको दावेदार गर्दै आएका उनले आफ्नो उम्मेद्वारी अध्यक्ष पदमा किन ? भन्दै पर्चा समेत बाँड्न थालेका छन् ।
रावलको पर्चा बाँड्दै गरेका कार्यकर्ताकलाई अधिवेशनका स्वयमसेवकले मूल गेटबाट भित्र छिर्न दिएका छैनन् । यद्यपि रावल कार्यकर्ताले ३१ पन्ने पर्चा बाँड्न भने छाडेका छैनन् ।
अध्यक्ष पदको दाबेदार गर्दै आएका रावलले आखिर के लेखेका छन् आफ्नो पर्चामा ?