ओलीलाई शाक्य र ज्ञवालीले के दिए सुझाव ?

काठमाडौं । अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले केपी शर्मा ओलीलाई भेटेर भीम रावलको माग संबोधन गर्न दबाब दिएका छन् ।

१० बुँदे सहमति गरेर एमालेमै रहेका १० जनामध्ये दुई अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले ओलीलाई भेटेर सो सुझाव दिएका हुन् । 

जवाफमा ओलीले आफू सबैलाई मिलाएर लैजान तयार रहेको भनी प्रतिक्रिया दिएको स्रोतले बतायो ।

एमालेमै रहन दशबुँदे गर्नेमध्ये भीम रावल तत्कालीन माधव नेपाल समूहबाट प्रतिनिधित्व गरेका व्यक्ति हुन् । 

तिनै रावल आज अध्यक्षको प्रत्यासीका रुपमा अघि सरेका छन् । ओलीले उनलाई उपाध्यक्षमा रहन आग्रह गरेका छन् । यद्यपि उनले अध्यक्षको दाबेदार गरेर वरिष्ठ उपाध्यक्षमा रहन चाहेको पनि कतिपयको विश्लेषण छ ।  

दशबुँदे कार्यान्वयन नभएको भन्दै आपत्ति जनाउँदै आएका रावलले गृहजिल्ला आछामबाट आफूले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका थिए ।

रावल क्रान्तिकारी र देशभक्ति चरित्र भएका व्यकतिका रुपमा स्थापित भएका नेता हुन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.