एमाले महाधिवेशनः अन्तिम लडाइँमा सुवास नेम्वाङ

चितवन । नेकपा एमालेका नेता सुवास नेम्वाङले केपी शर्मा ओलीबाहेक अरुलाई नेता मान्न नसक्ने बताएका छन् ।

वरिष्ठ उपाध्यक्ष पदमा दाबी गरेका नेम्वाङलाई छाडेर ओलीले ईश्वर पोखरेललाई राख्न चाहेपछि नेम्वाङले सो प्रतिक्रिया दिएका हुन् । 

‘पद कसरी मिलाउनुपर्छ त्यो अध्यक्षको जिम्मेवारी हो,’ नेम्वाङले ओलीलाई पठाएको सन्देश उद्धृत गर्दै उनीनिकट नेताले भने, ‘म केपी ओलीबाहेक अरुलाई नेता मान्दिनँ । त्यसैले अहिले वरिष्ठ उपाध्यक्षको दाबी छाड्दिन । सर्वसम्मतको प्रस्ताव आउनुअघि नै यो हेक्का रहोस् भनेर सन्देश पठाउनुभएको छ ।’

यद्यपि ओली सहमति जुटाउन प्रयासरत छन् । उनी विभिन्न समूह र गुट तथा उपगुटसँग छलफलमा व्यस्त छन् । 

रावललको अडान र ओलीको पक्षमा सर्वसम्मतको बहसमा केन्द्रित चितवनमा भेला भएकामध्ये एकजना नेता भने कार्यकारी राजनीतिक जीवनको अन्तिम लडाइँमा छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.